काठमाडौँ, ५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले जाने भएको छ ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भन्दै आज बिहान बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको हो ।
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका अनुसार सरकारसँग छलफल चलिरहेको बेला राष्ट्रपति पौडेलले अनावश्यक हस्तक्षेप गर्दै बैठक बोलाएको बुझाइमा पार्टी रहेको छ । बैठकको वैधानिकता नहुने भए पछि एमाले शीतल निवास नजाने भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सुन प्रकरणको विषयमा चासो व्यक्त गर्दै आज बिहान ८ बजे सो बैठक बोलाएका थिए । तर, हिजो साँझ सो प्रकरणलाई लिएर सरकार उच्च स्तरीय छानबिन बनाउन सहमत भइसकेको छ ।
प्रतिक्रिया