देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साफ यू-१६ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

देशान्तर

काठमाडौं । साफ यू–१६ च्याम्पियनसिप २०२३ का लागि नेपाली यू–१६ राष्ट्रिय टोलीको घोषणा भएको छ । प्रतियोगिताका लागि मुख्य प्रशिक्षक रवीन्द्र सिलाकारले सोमबार टोलीको घोषणा गरेका हुन् ।
नेपाली टोलीले भुटानमा सेप्टेम्बर १ देखि १० सम्म आयोजना हुने साफ यू–१६ च्याम्पियनसिप २०२३ मा सहभागिता जनाउनेछ ।

प्रतियोगितामा नेपाल सहित छ देशको सहभागीता रहने छ । सहभागी छ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल सहित भारत र बंगलादेश रहेका छन् । समूह बी मा भने आयोजक भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् ।

नेपाली टोलीमा विषेश बानियाँ, पेम्बा नुर्बु भोटे, भक्तबहादुर परियार गोलकिपर,एकराज विश्वकर्मा, किशन थापा, अरबिन्दकुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशानराज लवट, किशोरकुमार दनुवार सरन एस.के डिफेन्डर,सुजल स्याङ्तान, राम थामी, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी, दिलन लिम्बु
मिडफिल्डर, सन्तोष गोंगबा, रोहित श्रेष्ठ, हिमेश माझी, र दर्शन अधिकारी फरवार्ड रहेका छन् ।