काठमाडौं । भारतले एसिया कप खेल्ने टोलीको घोषणा गरेको छ ।
बीसीसीआईले रोहित शर्माको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको छ । तिलक बर्माले पहिलो पटक एकदिवसीय टोलीमा मौका पाएका छन् । भारतले पाकिस्तानसँग खेल्दै एसिया कपको सुरुआत गर्नेछ । भारतले पहिलो खेल २ सेप्टेम्बरमा पाकिस्तान र ४ सेप्टेम्बरमा नेपालसँग खेल्नेछ ।
भारत र पाकिस्तानसँगै नेपाल पनि समूह ए मा छ । श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् । दुवै समूह शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन् । सुपर फोरमा हरेक टिमले अर्को टिमसँग खेल्नेछ र शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । यस संस्करणको एसिया कप पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुदैछ ।
प्रतिक्रिया