देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा बाँधको जलाशयमा फसेका १० जनाको उद्धार

देशान्तर

काठमाडौं । भारतको उत्तरी राज्य हिमाञ्चल प्रदेशमा बाँधको जलाशयमा फसेका १० जनालाई सोमबार बिहान उद्धार गरिएको छ ।
हिमाञ्चल प्रदेशको राजधानी शिमलाबाट करिब ९४ किलोमिटर उत्तरमा पर्ने मण्डी जिल्लाको कोल्दाम जलविद्युत परियोजना जलाशयमा आइतबार साँझ उनीहरु चढेको डुङ्गा फसेको थियो । लगातारको वर्षाका कारण बाँधको जलाधार क्षेत्रमा पानीको बहाव बढेको हो ।

अधिकारीहरुका अनुसार फसेका मानिसहरुको उद्धारका लागि तत्काल प्रयास सुरु गरिएको थियो र स्थानीय समयअनुसार सोमबार बिहान तीन बजेतिर उद्धार कार्य सम्पन्न भएको छ ।
गत साता हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको पहिरो, अचानक आएको बाढी र घर भत्किँदा ७० जनाभन्दा बढीको मृत्यु भएको थियो । लगातारको वर्षाका कारण केही बाँधमा पानीको सतह पनि बढेको छ ।
यसैबीच भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले आगामी दुई दिन उत्तराखण्ड, हिमाचल प्रदेश र उत्तरपश्चिम उत्तर प्रदेशमा अत्यधिक वर्षाको सम्भावना रहेको जनाएको छ ।