देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गरिमा विकास बैंकले ल्यायो ११.९९ प्रतिशत फिक्स्ड ब्याज दरमा सरल घर कर्जा

देशान्तर

काठमाडौं । गरिमा विकास बैंकले ११.९९ प्रतिशत फिक्स्ड ब्याज दरमा सरल घर कर्जा र सरल एसएमई आवधिक कर्जा योजना ल्याएको छ । हरेक नेपालीको ‘आफ्नै घर–आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्यसहित बैंकले फिक्स्ड कर्जा योजना सार्वजनिक गरेको हो ।

कर्जासम्बन्धी सम्पूर्ण कागजात पेस गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म ११.९९ प्रतिशत निश्चित रहने बैंकले बताएको छ ।

व्यवसाय/उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक कर्जा सुविधा लिन इच्छुक ग्राहकहरुले आफूलाई पायक पर्ने बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने जनाइएको छ । 

हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२१ शाखा कार्यालय, ५० एटीएम र डिजिटल बैंकिङ्ग मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।