आज राष्ट्रिय सूचना दिवस मनाइँदैछ । नेपालको संविधानको धारा २७ बमोजिम सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भइ कार्यान्वयनमा आएको दिन भदौ ३ गते अर्थात आजलाई राष्ट्रिय सूचना दिवसका रूपमा मनाउने गरिन्छ ।
राष्ट्रिय सूचना आयोगले १७ औँ राष्ट्रिय सूचना दिवसका अवसरमा प्रतिबद्धतापत्र जारी गरी सूचनाको हकसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न÷गराउन सार्वजनिक निकायको भूमिका महत्त्वपूर्ण हुने र माग गरिएको सूचना सहज रूपमा प्राप्त गर्दा सार्वजनिक निकायप्रति नागरिकको धारणा सकारात्मक हुने प्रतिबद्धता पत्रमा उल्लेख छ ।राष्ट्रिय सूचना आयोगले १७ औँ राष्ट्रिय सूचना दिवसका अवसरमा प्रतिबद्धतापत्र जारी गरी सूचनाको हकको कार्यान्वयनमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्न÷गराउन सार्वजनिक निकायलाई आह्वान गरेको छ ।
त्यस्तै आयोगले गएको आर्थिक वर्ष २०७९/८० मा ९९ प्रतिशत उजुरी फर्स्योट गरेको पनि जनाएको छ । गएको वर्ष आयोगमा एक हजार ६८ पुनरावेदन र छ वटा उजुरी प्राप्त भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७९/८० मा सूचना उपलब्ध नगराउने चार वटा सार्वजनिक निकायका कार्यालय प्रमुखलाई जरिबाना गरिएको छ ।
प्रतिक्रिया