काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँणमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा अनुसन्धान सुरु गरेको छ । अख्तियारमा खाँण माथि सार्वजनिक पदमा बसेर गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेको र काठमाडौं सरकारी वकिलको कार्यालयले पनि पत्राचार गरेकोे अख्तियारले जनाएको छ ।
अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा सम्पत्ति अनुसन्धान सम्बन्धी फारम भराउनुका साथै सोधपुछ गरेको हो ।
नक्कली शरणार्थी प्रकरणमा ठगी, किर्ते, संगठित अपराध र राष्ट्रहित विरुद्धको कसुरको आरोपमा जिल्ला अदालत काठमाडौंको आदेशपछि पूर्व गृहमन्त्री खाँण यतिबेला पुर्पक्ष थुनामा छन् ।
प्रतिक्रिया