अवैध रकमसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक गाओ हुई र ताङ जिङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई आज राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी छ । चिनियाँ नागरिकबाट ३० लाख अवैध रकम फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले बताउनुभयो ।
प्रतिक्रिया