काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकपमा स्विडेनलाई पराजित गरि स्पेन पहिलो पटक फाइनल प्रवेश गरेको छ ।
मंगलबार न्युजिल्यान्डमा भएको पहिलो सेमिफाइनलमा स्पेनले स्विडेनलाई २–१ गोलअन्तरले पराजित गरेको हो । स्पेनको जितमा साल्मा पोरेलु र ओल्गा कार्मोना ले समान १–१ गोल गरिन् । उता स्विडेनका लागी ब्लोभिस्टले १ गोल गरिन् ।
स्पेनले अब उपाधिका लागी बुधबार हुने दोस्रो सेमिफाइनलको विजेतासककंग खेल्नेछ । दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र सह–आयोजक अष्ट्रेलिया खेल्नेछन् ।
प्रतिक्रिया