काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।
यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भन्दै सर्वोच्चले उनको नियुक्ति बदर गरिदिएको थियो । मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थन पनि लिएर थापा मुख्यमन्त्री भएका थिए ।
अघिल्लोपटक पनि मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण समारोहमा अनुपस्थित भएका एमाले कोसी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले बुधबारको शपथ ग्रहण पनि बहिस्कार गरेका छन् ।
आफ्ना लागि बस्ने कुर्सी नराखिएको भन्दै पूर्वमुख्यमन्त्रीसमेत रहेका कार्की समारोहबाट निस्किएका हुन् ।
प्रतिक्रिया