देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निःशुल्क उपचार सेवाको विवरण सार्वजनिक गर्न निर्देशन 

देशान्तर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शैया छुट्याई निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । 

मन्त्रालयले सबै अस्पताललाई विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कूल शैयाको १० प्रतिशत शैया छुट्याउन पटक–पटक निर्देशन दिँदै आएको छ । 

मन्त्रालयले अस्पताल र मेडिकल कलेजलाई पत्राचार गर्दै सेवा लिने बिरामीको अभिलेख राख्न र लिखित तथा विद्युतीय डिस्प्लेमार्फत् सार्वजनिक गर्न निर्देशन दिएको हो ।