काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले समयमै न्यायाधीश नियुक्त गर्न आग्रह गरेको छ । आयोगले न्यायालयमा लामो समयदेखि दरबन्दीबमोजिम न्यायाधीशको नियुक्ति हुन नसक्दा छिटो छरितो न्याय प्राप्त गर्ने नागरिकको संवैधानिक अधिकारमा असर परेको बताएको छ ।
सोमबार आयोगले विज्ञप्ति जारी गर्दै स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवम् कानुनी राज्यको अवधारणा संविधानको प्रस्तावनामा नै उल्लेख गरिएको स्मरण गर्दै राज्यका सम्बन्धित निकायले ध्यान दिन नसक्दा अदालतमा न्याय निरुपणका लागि परेका हजारौँ उजुरी थन्किरहेको बताएको छ ।
प्रतिक्रिया