काठमाडौं । नेपाल बार एशोसिएसनले पूर्ण स्वतालित प्रणालीमार्फत पेशी तोक्न प्रधानन्यायाधीशलाई आग्रह गरेको छ । बारले आइतबार विज्ञप्ति निकालेर आफ्नै नेतृत्वमा बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई ध्यानाकर्षण गराएको हो । सर्वोच्चको पूर्ण बैठकले स्वामित्व लिएर प्रतिवेदन कार्यान्वयनको प्रक्रिया थाल्नुपर्ने बारको माग छ । साथै उसले नयाँ प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिका लागि समेत ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया