देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको विषय गम्भीर ढंगले छानबिन गर्नु पर्छ :पौडेल

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सुन प्रकरणको सत्यतथ्य छानबिन भएर दोषीसम्म नपुगे आफूहरू गृह र अर्थमन्त्रीको राजीनामा माग्नेस्थितिमा पुग्ने बताएका छन्। भरियालाई दोष थोपारेर नाइकेलाई छुट दिन नमिल्ने बताए।

नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सुनको विषय गम्भीर ढंगले छानबिन गर्नुपर्ने बताए । उनले दोषीमाथि कारबाही नभएमा गृह र अर्थ मन्त्रीको राजीनामा माग्ने स्थितिमा पुग्ने बताए । उनले पार्टीको बैठकमा आफूहरूले भ्रष्टाचारको विषयमा दह्रो रूपमा कुरा उठाएको बताए । पार्टीलाई सुशासनको पक्षमा उभ्याउने बैठकले निर्णय गरेको बताए ।