देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सार्वजनिक सवारीसाधनको नयाँ भाडादर

देशान्तर

काठमाडौं । वाग्मती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर तोकेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार भाडा घटाएको जानकारी दिएको हो ।

नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारीसाधनको भाडा एक रुपैयाँले घटेको छ ।

काठमाडौं उपत्यकाभित्र सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा लाग्नेछ । पहिले पाँच किलोमिटरसम्मको भाडा १९ रुपैयाँ रहेको थियो । यस्तै, उपत्यकाभित्र १० किलोमिटर यात्रा गर्दा अब २४ रुपैयाँ भाडा लाग्ने छ । पहिलो १० किलोमिटरसम्मको भाडा २५ रुपैयाँ रहेको थियो ।

१५ किलोमिटरसम्म यात्रा गर्दा पहिला ३० रुपैयाँ रहेकोमा अहिले २९ रुपैयाँ तोकिएको छ । यस्तै, २० किलोमिटरसम्मको भाडा पहिला ३३ रुपैयाँ रहेकोमा अहिले ३२ रुपैयाँ तय गरिएको छ ।

२० किलोमिटरभन्दा लामो दूरीको भाडा पहिले ३८ रुपैयाँ रहेकोमा अहिले ३७ रुपैयाँ तोकिएको छ । अन्य रुटको भाडा पनि घट्यो

यस्तै, वाग्मती प्रदेश सरकारले यात्रुवाहक सवारीसाधनमा गत जेठ ११ गतेदेखि लागु गरेको भाडादरमा २.३० प्रतिशत भाडा कम गरेको छ ।