देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निमार्ण ब्यबसायी आन्दोलनमा, आज ज्ञापनपत्र बुझाउने

देशान्तर

काठमाडौं, ८ साउन । सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले आज ज्ञापन पत्र बुझाउँदै छ । 

आईतवार आयोजना गरिएको पत्रकार सम्मेलनमा दिर्ईएको जानकारी अनुसार महासंघले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ । साथै, सरोकारवाला मन्त्रालयहरुलाई भुक्तानीका लागि ज्ञापन पत्र बुझाउने जनाईको छ । 

महासंघका अनुसार भोली ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने गरी आन्दोलनको कार्यक्रम तय गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।

झन्डै दुई साता देखी आन्दोलन गरिरहेको महासंघले फ्ना मागहरु पूरा नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने जनाएको छ ।