देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुन तस्करीमा गृहमन्त्री र पूर्वसभामुखको संलग्नता रहेको एमाले सांसदको आरोप

देशान्तर

काठमाडौं । राष्ट्रियसभाका सांसद गोपाल भट्टराईले विमानस्थलबाट बरामद भएको करिब एक क्विन्टल सुनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता भएको आरोप लगाएका छन् । राष्ट्रियसभा बैठकमा बोल्दै उनले गृहमन्त्री श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नामसमेत जोडिएको बताए ।
यसैबीच प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले आफूले गृह मन्त्रालय नेतृत्वमाथि प्रश्न उठाउँदा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूविरुद्ध साइबर अपराधको मुद्दा लगाएर थुन्न प्रहरीलाई निर्देशन दिएको आरोप लगाएका छन् ।
बस्नेतले वक्तव्य जारी गर्दै गृहमन्त्रीले दिनभर आफूविरुद्ध पक्राउको समाचार लेखाएर प्रहरीलाई साइबर क्राइम लगाउन आदेश दिएको दाबी गरेका हुन् । बस्नेतले आफ्नो फेसबुक स्टाटसका आधारमा साइबर क्राइम पुष्टि गर्न चुनौती दिएका छन् ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले बस्नेतले फेसबुकमार्फत भ्रामक प्रचार गरेको भन्दै साइबर ब्यूरोमा उनि बिरुद्ध उजुरी दिएका थिए ।

अध्यक्ष बस्नेतले ‘आफूलाई सूचना आएको’ भन्दै २०८० साल साउन ४ गतेको फेसबुक स्टाटसमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि ‘सुन पास गराएको’ आरोप लगाएकोले उजुरी दिएको गिरीले बताएका छन् । त्यस्तै, उनले जनबोली डटकम विरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएको बताएका छन् ।