काठमाडौं। जनमत पार्टीले विधान, नीति तथा निर्देशनविपरीत काम गरेको भन्दै पाँच नेतालाई कारबाही गरेको छ ।
जनमत पार्टी, केन्द्रीय अनुशासन समितिले नेताहरू शिवचन्द्र कुशवाहा, गुलाव मण्डल, शंकर खड्का, भोपेन्द्र यादव र भगवान दास यादवलाई कारबाही गरेको हो । उनीहरूलाई पार्टीको अनुशासनविपरीत काम गरेकाले कारबाही गरिएको पार्टीका राष्ट्रिय उपाध्यक्ष ई. दीपककुमार साहले विज्ञप्तिमार्फत् जनाएका छन् ।
कारबाहीमा परेका कुशवाहा बारा(२ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव विरुद्ध चुनाव लडेका थिए । उनलाई जनमत पार्टीले साधारणसदस्य समेत नरहनेगरी कारबाही गरेको जनाइएको छ । कुशवाहामाथि अनुशासनहीन काम गरेको र नेतृत्वविरुद्ध लागेको आरोप छ । उनलाई चुनावको मुखमा उपेन्द्रविरुद्ध लडाउन सीके राउतले पार्टीमा भित्र्याएका थिए ।
पार्टीका उपाध्यक्ष साहले जारी गरेको विज्ञप्तीमा भनिएको छ कारबाही पश्चात सुधार देखाउने वा नदेखाउने व्यवहारअनुसार कारबाही फुकुवा वा थप कारबाही हुन सक्नेछ ।
प्रतिक्रिया