काठमाडौं । मिटर ब्याज पीडितहरूले सरकारले ल्याएको मिटर ब्याजसम्बन्धी नयाँ विधेयकप्रति असन्तुष्टि जनाएका छन् । मिटर ब्याज तथा ठगीविरुद्धको किसान–मजदुर संघर्ष समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको विधेयकले पीडितललाई न्याय दिन नसक्ने बताएको हो । विधेयकले आर्थिक अपराधमा संलग्न साहुको सम्पत्ति छानबिन गर्न नसक्ने समितिको निष्कर्ष छ । समितिले नयाँ कानुनले मिटर ब्याज पीडितहरूको माग सम्बोधन गर्न नसक्ने भएकाले आन्दोलन जारी नै रहने स्पष्ट पारेको छ । संघर्ष समितिले मंगलबार नै काठमाडौंमा प्रदर्शनसहित संसद् भवन घेराउ गरेको छ ।
प्रतिक्रिया