काठमाडौँ । नेपाल वायुसेवा निगमले आफ्ना दुइटा न्यरोबडी विमानमा चरा ठोक्किएका कारण ग्राउन्डेड गर्नुपरेको कारण देखाउँदै यात्रुसँग क्षमा मागेको छ ।
निगमले आज विज्ञप्ती जारी गर्दै दुइटा जहाज एकैपटक ग्राउन्डेड हुँदा पूर्वनिर्धारित उडान सुचारु गर्न दुइटा वाइडबडी विमान रहेको भनी ती न्यारोबडी विमानबाट हुनुपर्ने उडानका यात्रुसँग क्षमायाचना गरेको हो ।
नियमित मर्मतसम्भारका बाबजुद पनि निगमसँग भएका दुई वटा न्यरोबडी जहाजमा एकै समयमा चरा ठोकिएको कारण इन्जिनमा प्राविधिक समस्या आउँदा ग्राउन्डेड भएकोले उपलब्ध अन्य जहाजबाट पूर्वनिर्धारित उडानहरु सुचारु राखिएको निगमका प्रबक्ता रमेश पौडेलले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । निगमको एन नाइन एकेडब्लु जहाज आज बेलुकीबाट उड्ने विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया