काठमाडौं । इन्डियन आयल कर्पोरेसन आईओसीले डिजेल र पेट्रोलको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पढाएको छ ।
नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसा घटेर आएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ ४७ पैसा बढेर आएको छ ।
आईओसीले प्रत्येक महिनाको १ तारिख र १६ तारिखमा नयाँ मूल्यसूची निगमलाई पठाउने गरेको छ । प्रत्येक १६ तारिखमा पेट्रोल र डिजेलको मूल्यसूची पठाउँछ भने १ तारिखमा हवाई इन्धन, पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्यसूची पठाउने गरेको छ ।
प्रतिक्रिया