देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फोहोरमा शुल्क लिने निर्णयको बिरोधमा सर्वोच्चमा आज रिट दायर हुने

देशान्तर


नुवाकोटको ककनी गाउँपालिकाले बञ्चरेडाँडा ल्याण्डफिल साइट जाने गाडीलाई प्रवेश शुल्क लिने निर्णयको बिरोधमा टोखा नगरपालिका र फोहोरमैला ब्यबस्थापन संघले आज सर्वोच्चमा रिट दायर गर्ने भएको छ ।

ककनी गाउँपालिकाले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जन गरेबापत प्रति सवारी साधनलाइ एक पटकमा सय रुपैयाँ र अन्य गाडीलाई पटकैपिच्छे एक हजार शुल्क लिने गरी प्रस्ताव गरेपछी त्यसको बिरोधमा टोखा नगरपालिका र फोहोरमैला ब्यबस्थापन संघ सर्वोच्चमा रिट हाल्न लागेको हो ।

हाल उपत्यकाका १७ स्थानीय तहका ८० प्रतिशत फोहोर निजी क्षेत्रले ब्यबस्थापन गरिरहेका छन् । निजी क्षेत्रका ७९ वटा संस्थाले फोहोर संकलन र व्यवस्थापनमा सो निर्णयले असर गरेको भन्दै विरोध गरेका छन् ।