देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्माण व्यवसायीले अर्थमन्त्रीको मागे राजिनामा

देशान्तर

निर्माण व्यवसायीले असार मसान्तमा पनि रकम भुक्तानी नगरेपछि सरकारविरुद्ध विरोध गरेका छन् । उनीहरूले अर्थमन्त्री प्रकाशशरण महतको राजीनामासमेत मागेका छन् ।

शुक्रबार काठमाडौंको माईतीघर स्थित विनाबजेटको आयोजना टेण्डर गरेर सरकारले भुक्तानीका लागि सडकमा आउन बाध्य भएको भन्दै विरोध गरेका हुन् ।

महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीले गरेको कामको भुक्तानीका लागि अनुनय गर्दा अर्थमन्त्रीले घरको अंश काटेर दिनुपर्नेजस्तो व्यवहार देखाएको बताएका छन् ।

‘काम गरेको बिल पेश गर्दा पनि रोकियो । रकम नभएको ४ खर्बको आयोजना किन टेण्डर गराइयो ? स्रोत सुनिश्चित नभएको आयोजना किन निर्माण जिम्मा दिइयो ?’

मूल्यवृद्धि निरन्तर भइरहेको भन्दै आयोजनाको खर्च समायोजन नगरेको र बैंक, सप्लायर्स, कामदार जताततै उधारो बाँकी हुँदा आफूहरूले आत्मदाह गर्नुपर्ने अवस्था आइलागेको उनहिरुको भनाई छ ।