काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६०रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रुपैयाँ ८१ पैसा र बिक्री दर १३२ रुपैयाँ ४१ पैसा रहेको छ। युरो एकको खरिददर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०८ पैसा कायम गरेको छ ।
हिजो अमेरिकी डलर एकको खरिद दर १३२.०९ रुपैयाँ तथा बिक्री दर १३२.६९ रुपैयाँ रहेको थियो, त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.५५ रुपैयाँमा कारोबार भएको थियो ।
बेलायती पाउन्ड एकको खरिद दर १६८ रुपैयाँ५५ पैसा र बिक्री दर १६९ रुपैयाँ ३१ पैसा कायम हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८८.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.९६ रुपैयाँ , क्यानेडियन डलर एकको खरिददर ९९रुपैयाँ २२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६७ पैसामा कारोबार हुनेछ ।
जापनिज येन १० को खरिदमा ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० पैसा तथा दक्षिण कोरिया १०० को खरिदमा १० रुपैयाँ १ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैङ्कले साउदी रियाल एकको खरिद दर ३५.१४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३० रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर२८.२२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३५ रुपैयाँमा खरिद बिक्री गर्न सकिनेछ ।
।
प्रतिक्रिया