देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आँखुखोला जलविद्युत कम्पनीको आज एजीएम

देशान्तर

काठमाडौँ । आँखुखोला जलविद्युत कम्पनीको १५ औँ वार्षिक साधारण सभा शुक्रवार बस्दै छ । सभामा १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस हुँदै छ ।

गणेश हिमाल हाइड्रोपावरले २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । सो आयोजनामा ६० प्रतिशत लगानी गर्न र बैङ्कको ऋण भुक्तानी गर्नको लागि कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ । 

यस्तै, सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९/८० को लागि लेखा परीक्षक नियुक्त गर्ने एजेन्डा पनि छ । कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव  पनि रहेको छ । सभा प्रयोजनको लागि कम्पनीले असार ३ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, असार २ गतेसम्म कायम सेयर धनी मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन् ।