देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हङकङ र मकाउका व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

देशान्तर

लगानी वोर्डले हङकङ र मकाउका व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेको छ ।

 हङकङस्थित नेपाली महावाणिज्य दूतावास र नेपाल लगानी वोर्डले  मकाउमा आयोजना गरेको सेमिनारमा नेपालको लगानी सम्भाव्यताको परिचय दिन मकाउ, हङकङ र मकाउका करिब ७० व्यवसायी प्रतिनिधि मकाउ विधान सभा सदस्य लाई आमन्त्रण गरिएको थियो । 

नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी  अधिकृत सुशील भट्टले नेपाल भारत र चीनबिचको रणनीतिक स्थानमा रहेको, लगानीको राम्रो वातावरण हुनुका साथै लगानीकर्तालाई प्रोत्साहन र सुविधा पनि दिएको बताए । सन् २०२० मा व्यापार गर्न सहजताको श्रेणी  ९४ बाट ११० मा पुग्यो। यसमा पर्यटन, कृत्रिम बुद्धिमत्ता, यातायात, खुद्रा र इलेकट्रोनिक उत्पादनहरूमा विकासको सम्भावना रहेको बताए ।

हङकङस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत उदयबहादुर राना मगरले गोष्ठीमा सहभागीहरूलाई मुख्यतया नेपालको स्रोत र लगानीका परियोजनाहरू देखाएको बताउँदै उनले नेपालमा राम्रा प्राकृतिक परिदृश्य र सांस्कृतिक तथा ऐतिहासिक स्थलहरू रहेकाले आफू विश्वस्त रहेको बताए । सेमिनारले लगानीकर्ताको नेपालबारे गहिरो बुझाइ बढाउने र लगानी र सहयोगलाई सहज बनाउने अपेक्षा गरिएको छ । 

सो कार्यक्रम सफलताको लागि विशेष सहयोगी भूमिका निर्वाह गर्ने स्थानीय व्यवसायी नेपाली समाजका अध्यक्ष तथा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् एसिया प्यासिफिक उप-संयोजक युवराज न्यौपाने गैर आवसित नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् एसिया मकाउका कार्यवाहक अध्यक्ष ruxtam shrestha लागी हङकङस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत उदयबहादुर राना मगर र नेपाल लगानी आयोगको कार्यालयका प्रमुख कार्यकारी  अधिकारी (CEO)सुशील भट्टले विशेष धन्यवाद दिनुको साथै प्रशंसा गरिएको थियो ।