देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जुलाई १ मा एनआरएनए युकेको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता

देशान्तर

लन्डन – गैर आवासीय नेपाली संघ युकेको नयाँ नेतृत्व चयनका लागि शनिबार, जुलाई १ तारिखमा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

२३ जुनमा सार्वजनिक गरिएको मतदाता सूची अनुसार एनआरएनए युकेको नयाँ नेतृत्व चयनका लागि ४ हजार १ सय ८३ जना सदस्यले मतदानमा भाग लिन पाउने छन् । अन्तिम नामावली प्रकाशित भइसकेकाले अब उम्मेदवार मनोनयनको तयारीमा निर्वाचन समिति रहेको प्रमुख निर्वाचन आयुक्त चिरञ्जीवि ढकालले जानकारी दिए ।

जुलाई २२ तारिखमा हुन लागेको निर्वाचनका लागि जुलाई १ तारिखका दिन उम्मेदवारी दर्ताको समय तोकिएको छ । विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने प्रमुख निर्वाचन आयुक्त ढकालले बताए ।

उम्मेदवारको पहिलो नामावली जुलाई २ तारिख दिउँसो १ बजे प्रकाशित गरिने छ भने उम्मेदवारीमाथिको दावी विरोध सोही दिन साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

निर्वाचन समितिले उम्मेदवारी फिर्ताको समय ४ जुलाईको १ बजेसम्मलाई तोकेको छ भने सोही दिन साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ ।

निर्वाचनको मतदान भने जुलाई २२ मा विहान ००।०० देखि साँझ ६ बजेसम्म्का लागि तोकिएको छ । मतदाताले अनलाइनमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

यसैगरी कार्यसमितिमा उम्मेदवार बन्नका लागि निर्वाचन समितिले शूल्क पनि तय गरिसकेको छ । अध्यक्षका लागि १५ सय पाउन्ड निर्धारण गरिएको छ भने उपाध्यक्ष र महासचिवका उम्मेदवारले ११ सय पाउन्ड तिर्नुपर्ने छ । यसैगरी सचिव, कोषाध्यक्ष र विभिन्न संयोजकहरुले ८५० पाउन्ड तिर्दा सह कोषाध्यक्षको उम्मेदवारले ८ सय पाउन्ड तिर्नुपर्ने छ । यस्तै सदस्य पदमा उम्मेदवार बन्नेले ४५० पाउन्ड तिर्नुपर्ने छ ।

ढकालको संयोजकत्वमा गठित  निर्वाचन समितिमा  तमु धिं युकेका अध्यक्ष हरि गुरुङ र एनआरएनए युकेका संस्थापक सदस्य एवम् पत्रकार विपिन निरौला  रहेका  छन्  ।