माओवादी केन्द्रका उपाध्यक्ष एवं सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आजसाँझ चीन भ्रमणमा जाने भएका छन् । उनी ७ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको छेन्दु शहरमा हुने एक व्यापार मेलामा सहभागी हुने बताइए पनि भ्रमणको भित्री तात्पर्य अर्कै रहेको देशान्तरलाई उच्च स्रोतहरुले बताएका छन् । छिमेकी एवं प्रभावशाली मुलुक भारतको ठाडो दबावमा प्रधानमन्त्री प्रचण्डको भ्रमण रोकी उनको सट्टा नारायणकाजी चीनतर्फ लागेका हुन् ।
माओवादीभित्र नारायणकाजीलाई भारत निकटष्थ नेताका रुपमा लिइन्छ । प्रधानमन्त्री प्रचण्ड आफै चीन भ्रमणमा जाने खोजे पनि भारतको भ्रमण अघि पटक–पटक चीनको आग्रह उनले लत्याएका थिए । अनुनय÷विनय गरी प्रचण्डले भारत भ्रमण सम्पन्न गरिसकेका छन् । प्रचण्ड आफैले निकट भविष्यमै चीन जाँदैछु भने पनि भारतको दबाबमा अहिलेसम्म मिति तय भएको छैन ।
चीनले भारतको ‘गोर्खा रेजिमेन्ट’ जस्तै आफ्नो सेनामा पनि ‘नेपाली रेजिमेन्ट’ बनाउने योजना अनुरुप ५ हजार जनालाई भर्ति गरिसकेको छ । यो संख्या चीनले १ लाख पु¥याउने लक्ष्य लिएको छ । भारतले ‘गोर्खा रेजिमेन्ट’को नाउँमा वैधानिक तरिकाले नेपाली युवाहरुलाई भारतीय सेनामा भर्ति गर्दै आएको छ । यसैगरी उमेर पुगेका तिब्बतियन शरणार्थीहरुलाई पनि भारतीय सेनामा छुट्टै टुकडी बनाएर चीनसँगको सिमामा खटाउने तयारी गरिरहेको छ । अहिले चीनले पनि नेपालीहरुलाई भर्ति गरेर छुट्टै रेजिमेन्ट निर्माणको तयारी गरेकाले यही कुरा बुझ्नका लागि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ चीन जान लागेका हुन् ।
भारतले अहिले ३० हजार तिब्बतियन शरणार्थीलाई भर्ति गरेको छ । भारतमा पहिला देखि नै सिमा सुरक्षाका क्षेत्रमा गोर्खा रेजिमेन्ट खटिएको छ भने अब चीनले पनि नेपाली रेजिमेन्टलाई सिमामा खटाउँने गरी रेजिमेन्ट बनाउने हो भने दुवै तर्फ नेपालीहरु एक आपसमा भिड्ने अवस्था आउने सम्भावनालाई नकार्न सकिन्न । पछिल्लो समय भारत र चीनबीच सिमा विषयमा विवाद हुँदै पनि आएको छ भने पछिल्लो विवादितस्थलको चीन, भुटान र भारतको सीमामा पर्ने दोक्लाम क्षेत्र रहेको छ ।
प्रतिक्रिया