देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुद्ध एअरमा विरेन्द्रको एकलौटी

देशान्तर

हवाई यातायातामा नेपालको नम्बर १ र व्यवसायिकरुपमा सबभन्दा सफल भनी दावी गर्ने पुरानो मध्यको १ बुद्ध एअर सहोदर दाजुभाइको आपसी विवादका कारण शेयर विवाद बढ्दै गएको छ ।

एअरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधनपछि लामो समयदेखि अमेरिका बसेका भाइ शिवेन्द्रबहादुर बस्नेतले बाबुको हकको शेयरको ४० प्रतिशत दावी गर्ने क्रममा यो विवादले बबण्डरको रुप धारण गरेको हो । शिवेन्द्रले बुद्ध एअरमा दाजु विरेन्द्रले सञ्चालन, नाफा आर्जन र कारोबारमा एकलौटी गरी कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।

यसमा दाई विरेन्द्रले बुद्ध एयरका सञ्चलक एवं प्रवन्ध निर्देशक छन् भने भाइ शिवेन्द्रले आफूले बुद्ध एयरबाट ४० प्रतिशत शेयरको हिसाव नपाएको भन्दै पटक पटक सार्वजनिक अभिव्यक्ति नै दिएका छन् ।

झण्डै २ महिना अघि सतहमा यो विवाद आएपछि पारिवारिक भ्रमणको नाउँमा दाई विरेन्द्र सिंगापुर गएर विमान किनबेच र अन्य खरिद कार्य गर्दा आएको कमिसन लुकाउन गएको बुद्धकै उच्चस्रोतले देशान्तरलाई बताएको छ ।
सन् १९९७ मा बुद्ध एयरमा बुबा सुरेन्द्र बहादुर बस्नेतको ८० प्रतिशत सेयर स्वामित्व र वीरन्द्र बहादुर बस्नेतको नाममा २० प्रतिशत सेयर कायम थियो । पछि बुबा सुरेन्द्रले आफ्नो नाममा रहेको ८० प्रतिशत सेयर मध्ये आधा आधा दुई भाइ छोरालाई दिएका थिए ।

त्यसबाट बाबुको थप ४० प्रतिशत वीरन्द्रले पाउँदा उनको शेयर ६० प्रतिशत पुगेको हो भने भाइ शिवेन्द्रले ४० प्रतिशत पाएका थिए । त्यही ४० प्रतिशत सेयरको विषयमा अहिले शिवेन्द्रले हिसाव खोज्दा बबन्डर मच्चिएको हो । पेशाले पाइलट रहेका शिवेन्द्र लामो समयदेखि अमेरिका बस्दै आएका छन् ।

कम्पनीसँग रहेका नौ वटा वीच एअरक्राफ्ट ९०० डी बेच्दा र विभिन्न मितिमा १७ वटा एटीआर विमान खरिद गर्दा ४० प्रतिशतको हिस्सेदारसँग कुनै समन्वय र सहमति नगरी र जानकारीसमेत नदिइ सम्पूर्ण कार्य गरिएकोले विरेन्द्रले उच्च तहका कर्मचारीको मिलोमतोमा ठूलो रकम व्यक्तिगत रुपमा आर्जन गरेको भाइ शिवेन्द्रको आरोप छ ।

बुद्ध एअरका कर्मचारी बताउँछन् ‘कम्पनीको नीतिगत र व्यवसायिक निर्णय गर्ने उच्चतहका कर्मचारीहरु सवै विरेन्द्रले आफ्नो ससुरालीखलकका व्यक्तिहरुलाई अर्को पक्षलाई थाहा नै नदिई नियुक्त गरेका छन् ।’ त्यसैले पनि उनलाई एअरमा एकलौटी गर्न सहज भएको छ ।