नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०।९६ रुपैयाँ रहेको छ भने बिक्री दर १३१।५६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२।६३ रुपैयाँ रहेको छ भने बिक्री दर १४३।२८ रुपैयाँ रहेको छ । हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रूपैयाँ ६५ पैसा रहेको थियो भने युरो एकको खरिद दर १४२ रूपैयाँ २९ पैसा र बिक्री दर १४२ रूपैयाँ ९४ पैसामा कारोबार भएको थियो ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६।४८ रुपैयाँ रहेको छ भने बिक्री दर १६७।२५ रुपैयाँ कायम गरेको राषट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ४६ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ ८६ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७९ पैसामा कारोबार गर्ने अनुमति दिएको थियो ।जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ११ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा, दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ १ पैसा र बिक्रीदर १० रूपैयाँ ५ पैसामा कारोबार हुनेछ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८।०० रुपैयाँ रहेको छ भने बिक्री दर २८।१३ रुपैयाँ तथा साउदी रियाल एकको खरिद दर ३४।९२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।०८ रुपैयाँमा कारोबार गर्न अनुमति दिएको छ ।
प्रतिक्रिया