देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जसपा बिधान अधिवेसन, आज समुहगत छलफल हुने

देशान्तर

जनता समाजवादी पार्टी नेपालको बिधान अधिवेसन जारी रहेको छ ।सो अधिवेसनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको बिधान माथी सोमवार १० समुहमा बिभाजन गरेर छलफल हुदैँछ । आइतवार अध्यक्ष यादवले मस्यौदा बिधान प्रस्ताव गरेका थिए, सोही प्रस्तावित बिधानमा आजवाट समुहगत रूपमा छलफल हुन लागेको हो । बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी भएर समुहगत छलफल गर्न लागेका हुन ।

पुनः एकल नेतृत्वमा फर्काउने जसपा नेपालका बिद्यान पारित भएमा अध्यक्ष यादव पुनः शक्तिशाली हुनेछन् । बिद्यानले ७० बर्षे उमेर हदको ब्यवस्थाका साथै एक ब्यक्ति एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने जस्ता नयाँ ब्यवस्था राखेर बिद्यान प्रस्तुत गरिएको छ ।