काठमाडौं । डिजिटल फष्ट बैंकको रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवातथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदानगर्ने दीर्घकालीन लक्ष्य लिइरहेको यसएनआई सी एशिया बैंकले अब आफ्ना ग्राहकहरुको नाममा विदेशबाट आएको रेमिटेन्स रकम बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत सहजै बुझ्न सकिने सेवाको सुरुवात गरेको छ । यो सेवा सुरु भएसँगै अब बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएकाले आफूलाई आएको रेमिटेन्स रकम बैंकमा रहेको खातामा डिपोजिट गर्न सकिने छ । डिजिटल कारोबारमा आम ग्राहक महाहरुको उपस्थितिलाई थप प्रोत्साहन गर्नु पर्ने आवश्यकतालाई सघाउ पुग्ने गरी आएको यस सेवाबाट रेमिटेन्स रकम बुझ्नको लागि ल्क्ष्ऋब्क्क्ष्ब्ःयद्यबलप भित्रको च्झष्ततबलअभ आइकनमा ट्याप गरेर च्भअभष्खभ च्झष्त भित्र आफूलाई प्राप्त रकम र ग्लष्त्रगभ एक्ष्ल् राखेपश्चात् उक्त रकम जुनसुकै समयमा आफ्नो खातामास् थानान्तरण गर्न सकिनेछ । यस सेवा पश्चात् ग्राहकहरूलाई रेमिटेन्स रकम बुझ्नकै लागि बैंक उपस्थित भई भौतिक फारम भरी नगद झिक्नु पर्ने बाध्यताबाट मुत्ति mमिल्ने विश्वास बैंकले लिएको छ ।
एनआई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६०शाखा कार्यालयहरू, ४७३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवादिन यस बैंक सफल भएको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।
प्रतिक्रिया