काठमार्डौ । सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचार सुरु भएको छ ।
उनको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार सुरु भएको हो । मन्त्री सिंहको टाउकोमा गम्भीर चोट देखिएको छ ।उनीसँगै गाडी चालक धर्मराज जोशी, मन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवलदार दीपक भण्डारीको अवस्था पनि गम्भीर रहेको छ । उनीहरूलाई पनि मन्त्रीसँग हेलिकप्टरमार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ । दुर्घटनामा मन्त्रीकी पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया