देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई कांग्रेसले दियो निर्देशन

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले “स्थानीय तहको वजेट तथा कार्यक्रमको प्राथमिकता” सन्दर्भमा पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षसंग जुम बैठक मार्फत छलफल गरेको छ ।
सोमबार केन्द्रीय कार्यालयमा भएको बैठकमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माका साथै पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलको सहभागिता रहेको थियो ।

जुम बैठकमा महामन्त्री थापाले नेपाली कांग्रेसको संकल्प स्थानीय तह निर्वाचन –२०७९ मा उल्लेखित भएको सवल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर भन्ने मूल नाराका साथ समावेश भएका विषयहरु : शिक्षा, स्वास्थ्य, प्राकृतिक श्रोत, वन तथा वातावरण, रोजगार, स्थानीय पूर्वाधार, कृषि रोजगारी उद्यम, सेवा प्रवाह, वित्तीय अनुशासन लगायत विभिन्न विषयहरुमा स्थानीय तहको आगामी वजेट निर्माण गर्दा समावेश गर्ने सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।

यस्तै अर्का महामन्त्री शर्माले पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधि बीचको सम्बन्ध, नागरिकसंगको सहकार्य, पारदर्शीता र जवाफदेहिता, सामाजिक रुपान्तरण तथा श्रोतको समुचित व्यवस्थापनका वारेमा आफ्नो विचार राखेका थिए ।
सो अवसरमा सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वकर्माले विकास र सुशासन संगसंगै जानु पर्ने तथा जनप्रतिनिधिको कार्यशैली र व्यवहार सरल हुनुपर्ने धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण प्रताप पौडेलले गरेका थिए ।