काठमाडौं । धरानका उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘आदिपुरुष’ प्रदर्शन नगर्न निर्देशन दिएका छन् । बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर उनले यस्तो निर्देशन दिएका हुन् । यता काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सोमबारदेखि महानगरभित्रका फिल्म हलमा भारतीय चलचित्र प्रदर्शन गर्न नदिने घोषणा अनुरुप आज महानगर भित्रका १७ हलमा फिल्म ‘आदिपुरुष’को प्रदर्शन रोकिएको छ । चलचित्र संघका पूर्व अध्यक्ष प्रदीपकुमार उदयले आदिपुरुषको विरुद्धको महानगरको अभियानमा साथ दिन फिल्मको प्रदर्शन रोकिएको बताएका छन् ।
मेयर शाहको निर्देशनपछि नगर प्रहरीले हिजोर बेलुकानै सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिएको थियो । काठमाडौँ महानगरका ३२ वडाभित्र १७ वटा फिल्म हल छन् । ती सबै हलमा अहिले आदिपुरुष रोकिएको छ ।
प्रतिक्रिया