देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूराजनीतिक भूँमरीमा फस्दैछौं नेता कोइराला

देशान्तर

काठमाडौं।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले आफ्नो औचित्य पुष्टि गर्न नसके नाम मात्रैमा सीमित बन्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कांग्रेस व्यवहारवादी बन्दै चुक्दै गएको बताए । कांग्रेसले सिद्धान्तहरूलाई छोड्दै जानु चिन्ताको विषय भएको बताउँदै कसैले पनि लोकरिजाइँको राजनीति गरेर चर्चा कमाउनुको कुनै अर्थ नरहने प्रष्ट पारे । नेता कोइरालाले कांग्रेस विगतको गौरवमय चरित्रमा अल्मलिन थालेको महसुस आफूले गरेको बताएका उनले अहिले कुनै पनि संवैधानिक संस्थाहरूमा सबल बन्न नसकेको जिकिर गर्दै संसद्को समेत अवस्था चिन्ताजनक रहेको उल्लेख गरे ।

उनले संसद्मा प्रधानमन्त्री बोलेपछि संसद् रोकिनु, प्रधानमन्त्री बोलेलगत्तै प्रमुख प्रतिपक्षी दलको नेता बोल्नु संसदीय मर्यादा विपरीत भएको टिप्पणी गरे । उनले भने, ‘अहिले कुनै पनि संवैधानिक संस्थाहरूमा सबल छैनन्, संसद् नै हेर्नुस् । संसद् हो कि होइन भन्ने लाग्न थालेको छ । संसद्मा दोहोरी हुन्छ । संसद्मा प्रधानमन्त्री बोलेपछि संसद् रोकिन्छ । तर प्रमुख प्रतिपक्ष दलको नेताले म बोल्छु भन्नुहुन्छ । त्यो संसदीय मर्यादा विपरीत हो । तर हामी कतै बोल्दैनौं र लेख्दैनौं पनि अनि कसरी लोकतन्त्र फस्टाउँछ । प्रधानमन्त्री बोलिरहेको अवस्थामा प्रधानमन्त्रीसँग दोहोरी खेल्न हुँदैन । त्यो गलत हुन्छ । यस्तो काम सबै लोकप्रियताको लागि गर्दैछन् । चारैतिर टेलिभिजनमा हेरेर मेरो मान्यले यस्तो बोल्यो । ठीक ग¥यो प्रधानमन्त्रीलाई कठघरमा उभ्यायो । त्यो गर्ने समय हुन्छ । यसरी लोकप्रियताले केही समयको लागि ठीकै होला । यसमा नेपाली कांग्रेसको विगतको जुन चरित्र थियो । त्यो चरित्रमा कता–कता अल्मलिएको हो कि ? भन्ने मलाई लाग्छ ।

नेपाली कांग्रेस धेरै व्यवहारवादी भयौं । व्यवहारवादी हुँदा हामीले कतै गल्ती गरिरहेका हुन्छौं । नेपाली कांग्रेसको इतिहास हेर्दा गौरवमय छ । निरंकुशका विरुद्ध लड्दा कहिल्यै पनि चुकेको छैन । त्यसपछिका दिनमा नेपाली कांग्रेस व्यवहारवादी भएर चुक्दै गएका छौं । सिद्धान्तहरूलाई छोड्दै जान्छौं । यो कुरा नेपाली कांग्रेसको लागि चिन्ताको विषय बनेको छ । अब संस्थाहरूको चार वर्षमा लेखाजोखा गरेजस्तै अब राजनीतिक पार्टीहरूले पनि ५÷६ वर्षमा पार्टीहरूको औचित्य पुष्टि गर्न जरुरी भएको छ । लोकरिज्याइँ गरेर औचित्य पुष्टि गर्ने होइन । औचित्य पुष्टि गर्न नसक्ने हो भने नेपाली कांग्रेस पार्टी के मानेमा राख्ने । त्यस्तो बेला नेपाली कांग्रेस भन्ने संस्था रहन्छ ।’

नेता कोइरालाले राजनीति देशमा कुनै पनि ठाउँमा राम्रो नरहेको दाबी गरे । सरकारले संवैधानिक निकायहरू निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोगलगायतका निकायहरूको अधिकार कटौती गर्दासमेत सांसदहरू मौन बसेको बताए । उनले सरकारले मुलुकमा सुशासन दिन नसकेको बताए । उनले अदालतका निर्णयहरू सरकारले नमान्नेजस्ता दण्डहीनताका कामहरू गरिरहेको बताउँदै देश भूराजनीतिक भँुमरीमा फस्दै गएको उल्लेख गरे ।
उनले अगाडि भने, ‘मुलुकको राजनीतिले कुनै पनि क्षेत्रमा राम्रो छैन । विश्वविद्यालयहरू हेर्नुभयो भने त्यस्तै छ । अहिले के अवस्थामा विश्वविद्यालयहरू छन् । एउटा मात्रै विश्वविद्यालयको कुरा गरेको छैन । देशभरका विश्वविद्यालयको अवस्था एउटै छ । विद्यार्थीहरूको आचरण हुर्नुुस् । मलाई नेविसंघदेखि चित्त बुझेको छैन । त्यो अवस्थामा देश गइरहेको छ । सरकारका संवैधानिक निकायहरू निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोग हेर्नुस् । अधिकार नै सरकारले काटिदियो । हामी सांसदहरू चुप लागेर बस्छौं । अनि आशा के गछौं भने डेमोक्रेसी फस्टाओस् । दण्डहीनता नहोस् । मानव अधिकार आयोगको अधिकार कटौती गरेपछि दण्डहीनता बढ्छ । आयोग एउटा अधिकार लिएर बेलेको हुन्छ । सरकारले मुलुकमा सुशासन दिन सकेकै छैन ।

मुलुकको सुशासन नेगेटिभमा जाँदैछ । भ्रष्टाचारका विषयमा हामी बोल्दैनौं । राजनीतिज्ञहरू जवाफदेहिता र उत्तरदायित्व पूरा गर्ने विषयमा कुरा नै गर्दिन । त्यो कुरा गर्नु बेकारै भइसक्यो । मुलुकमा दण्डहीनता दिनप्रतिदिन बढेको छ । मुलुकका तीन वटा जिल्ला, उच्च अदालत र सर्वोच्च अदालतले गरेको निर्णयलाई सरकारले उल्टाइदिन्छ । यस्तो अवस्थाबाट मुलुक अघि बढिरहेको छ । यही बेला अन्य धेरै मुद्दाहरू आइरहेका छन् । हामीहरू भू–राजनीतिक (जीओपोलटिक्स)को भुँमरीमा फस्दैछौं । मुलुक राजनीतिक पार्टीहरूका नेतृत्वको कारणबाट नै भू–राजनीतिक (जीओपोलटिक्स)को भँुमरीमा फस्दैछौं । यो किन भइरहेको छ भने विश्व अहिले परिवर्तन भइरहेको छ । बीपी, गणेशमानको पालाको जस्तो अहिले अवस्था छैन । अहिले लोकप्रियतावादी बन्ने होड चलेको छ । जुन नेताले जति लोकरिज्याइँ ग¥यो ऊ त्यति लोकप्रियता बढ्दै जान्छ । अहिले मुलुकमा त्यही भइरहेको छ । नेताहरू लोकरिज्याइँ र लोकप्रियताको नाममा बोलेर सामाजिक सञ्जालमा हालेका छन् । अनि त्यसैलाई विश्वविद्यालयका प्रध्यापकहरूले नै उनै नेता हो भनेर हिँडेका छन् । प्राध्यापकहरू पनि यो विषयमा दोषी हुनुहुन्छ । तपाईंहरूको पनि जिम्मेवारी हो ।’
नेता कोइरालाले लोकप्रियताको नाममा लोकरिज्याइँको राजनीति हाबी हुँदै गएको प्रति चिन्ता पनि व्यक्त गरे ।