काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
बिहीबार बिहान ११ बजेपछि नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा बस्न लागेको बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको ।
संसद सचिवालयका महासचिव डाक्टर भरतराज गौतमका अनुसार बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकमा छुट्याइएको चार मन्त्रालयको बजेटमाथि छलफल सुरु गर्ने कार्यसूचि रहेको छ ।
संसदमा आजबाट विनियोजन विधेयक २०८० अन्र्तगत वन तथा वातावरण,महिला,बालबालिका तथा जेष्ठ नागरिक,युवा तथा खेलकुद र शहरी विकास मन्त्रालयको विभिन्न शीर्षकमा छुट्याइएको बजेटमाथि छलफल सुरु हुने छ ।
त्यस्तै, उक्त विधेयकमाथिको छलफलको क्रममा उल्लेखित चार मन्त्रालयका आधिकारीक सदस्यहरुले खर्च कटौतीको प्रस्ताव संसदमा पेश गर्ने कार्यसूचि समेत रहेको संसद सचिवालयले जानकारी गराएको छ ।
प्रतिक्रिया