देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनुवाइ समितिले प्रधानन्यायाधीश नियुक्तिको टुंगो तीन दिनमा लगाउने

देशान्तर

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश नियुक्तिको टुंगो तीन दिनमा लगाउने भएको छ । आज बसेको समिति बैठकले यस्तो निर्णय गरेको हो । तीन दिन भित्र सुनुवाइ टुंगो लगाएपछि प्रधानन्यायाधीश नियुक्तिको बाटो खुला हुनेछ ।

प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध जेठ १६ गते उजुरी आह्वान भएको थियो । १० दिनको समय उजुरीका लागि दिइएकोमा २९ उजुरी परेका छन् । जेठ ३० र ३१ गते समितिले उजुरीकर्तासँग छलफल गर्नेछ । समितिसमक्ष कार्कीले प्रस्तुत गरेका कार्य योजना सदस्यहरूलाई उपलब्ध गराइएको छ । जेठ ३२ गते कार्कीलाई बोलाएर छलफल गर्ने कार्य तालिका छ । उजुरीकर्तालाई १० मिनेटका दरले बोल्न दिने तालिका बनाइएको छ ।
समितिको बैठकले उजुरीकर्तालाई आमन्त्रित गरी छलफल गर्नेसम्बन्धी कार्यविधि पारित गरेको थियो । कार्कीविरुद्ध परेका २९ वटा उजुरीमाथि अध्ययन गर्न सोमबार समितिका सदस्यहरूलाई फोटोकपी वितरण गरिएको छ ।