देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नागरिकता सम्बन्धी विधेयक फेरि संसद्मा ल्याएर छलफल प्रक्रियाबाट अघि बढाउन ओलीको माग

पूर्वराष्ट्रपति भण्डारीको बचाउ

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीको बचाउ गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा भाषण गरेर पूर्वराष्ट्रपति भण्डारीमाथि हमला गरेको आरोप लगाए ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले अदालतले ‘स्टे अर्डर’ दिइसकेको नागरिकता विधेयकमा प्रधानमन्त्री प्रचण्ड बोलेर पूर्वराष्ट्रपतिमाथि हमला गरेको टिप्पणी गरे ।

यसैगरी ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को भारत भ्रमणका क्रममा प्रोटोकोलको उल्लंघन भएको बताएका छन् ।उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा छोरी गंगा दाहाललाई सहभागी गराइएकोप्रति प्रश्न उठाए ।
ओलीले “प्रोटोकल नभएको र तरिका पनि नमिलेको टिप्पणी गरेका हुन् । ओलीले बंगलादेश जाने बाटोसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्न नसक्ने पनि प्रष्ट्याएका छन् । एमाले अध्यक्ष ओलीले कांग्रेसलाई सत्ता भए पुग्ने आरोप पनि लगाए । कांग्रेसको के नीति भन्ने नै नभएको उनको भनाई थियो ।

उनले नागरिकता सम्बन्धी विधेयक फेरि संसद्मा ल्याएर छलफल प्रक्रियाबाट अघि बढाउनुपर्ने भनाई राखे ।ओलीले अघिल्लो संसद्ले पारित गरेको विधेयक मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रमाणीकरण गर्न नसक्ने तर्क गरे । उनले पहिले र अहिलेको संसद्को स्वरूप नै फरक भएको बताए । उनले अघिल्लो संसद्मा आफ्नो दलको संसद् सङ्ख्या धेरै रहेको उल्लेख गर्दै अहिले कम भएको, कांग्रेसको बढेको र नयाँ दल पनि संसद्मा आएको बताए । उनले नयाँ आएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि कुनै कानुन बन्नुभन्दा अगाडि त्यसमाथि छलफल गर्न पाउनुपर्ने बताए । ओलीले यसो भनेपछि रास्वपाका सांसदहरूले समर्थनमा टेबल ठोकेका थिए ।