देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वमन्त्री उमाकान्त चौधरीलाई मातृशोक

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्वमन्त्री उमाकान्त चौधरीलाई मातृशोक परेको छ ।
नेता चौधरीकी आमा मदेशिया थरुनीको आज बाराको कोल्हवी नगरपालिकास्थित आफ्नै निवासमा निधन भएको हो । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ ।
थरुनीको निधनप्रति कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाको तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गर्दै थरुनीको निधनबाट कांग्रेसले एक अग्रज व्यक्ति गुमाएको बताउनुभएको छ ।