गौर हत्याकाण्डविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ ।
गौर हत्याका दोषी विरुद्ध कारबाहीको माग गर्दै आइतवार सर्बोच्चमा रिट निवेदन परेको थियो । सोही रिटमा आज सुनुवाई हुँदैछ ।
१६ वर्षअघि रौतहटको सदरमुकाम गौरस्थित रंगेलीमा तत्कालिन नेकपा माओवादी र तत्कालिन मधेसी जनअधिकार फोरमका कार्यकर्ताबीच झडप भएको थियो ।
झडपमा २९ माओवादी कार्यकर्ताको निर्मम हत्या भएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौटहटमा जाहेरी दिँदा छानबिन नभएको भन्दै पीडितकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सरकारी वकिलको कार्यालय, प्रहरी प्रधान कार्यालय र रौतहट प्रहरीलगायतलाई विपक्षी बनाएर सर्वोच्चमै रिट दर्ता गरेका हुन् ।
रिटमा तत्कालीन मधेशी जनअधिकार फोरमका नेता उपेन्द्र यादवलगायतलाई कारबाहीको माग गरिएको छ ।
प्रतिक्रिया