देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतमा थुनछेक बहस सुरु

देशान्तर

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा परेको मुद्दामाथि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु भएको हो ।

आज जाहेरीकर्ताको तर्फबाट सरकारी वकिलले बहस सुरु गरेका छन् । इजलासमा न्यायाधीश न्यौपानेले जाहेरीकर्ताको तर्फबाट बहसका लागि सरकारी वकिललाई तीन दिनको समय प्रदान गरेका छन् । यस्तै प्रतिवादीको तर्फका वकिललाई ६ दिनको समय तयार गरेका छन् ।