नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ४० पैसा र बिक्री दर १३२ रूपैयाँ ०० पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रूपैयाँ ५० पैसा र बिक्री दर १४२ रूपैयाँ १५ पैसामा काराेबार हुनेछ ।
बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ७२ पैसा र बिक्री दर १६५ रूपैयाँ ४८ पैसा, क्यानेडियन १ को खरिददर ९७.९६ र बिकी दर ९८.४ मा किनबेच हुनेछ ।
उता, अस्ट्रेलियन डलर एकको खरिद दर ८७. १४ रुपैयाँ तथा बिक्री दर ८७.५४ रुपैयाँ ताेकिएकाे छ ।
राष्ट्र बैंकका अनुसार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०६ पैसा र बिक्री दर ३६ रूपैयाँ २३ पैसा, साउदी रियाल एकको खरिद दर ३५.४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.२४ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.७१ रुपैयाँ रहेको छ भने बिक्री दर २९.८४ रुपैयाँ रहेको छ ।
साथै, साउथ कोरियन वन १०० को खरिददर १०.११ रुपैयाँ छ भने बिक्री दर ९०.१५ रुपैयाँमा खरिद बिक्री हुने राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया