देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दरबार हत्याकाण्डको २२ वर्ष पुरा

देशान्तर

नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय दरबार हत्याकाण्डको आज २२ वर्ष पूरा भएको छ । राजा वीरेन्द्रको वंशनाश हुने गरी वि.सं २०५८ साल जेठ १९ गते राती राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीलगायत ११ जनाको नारायणहिटी राजदरबारमै हत्या भएको थियो ।

उक्त घटनाको यथार्थ भने अझै पनि रहस्यमय नै छ । घटनालगत्तै गठित छानविन समितिले युवराज दिपेन्द्रले राजारानीलगायतको हत्या गरी आत्महत्या गरेको प्रतिवेदन दिए पनि सर्वसाधारण भने त्यसलाई स्वीकार्न तयार छैनन् ।

घटनामा राजा वीरेन्द्रका वंशसहित पूर्व अधिराजकुमार धिरेन्द्र, राजा वीरेन्द्रकी दिदि शान्ति, बैनी शारदा, कुमार खड्गविक्रम शाह, जयन्ती शाह र केतकी शाहको हत्या भएको थियो । नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय यो घटना रहस्यमै रहेको छ ।