काठमाडौं । जनता समाजवादी पार्टीले कोशी प्रदेशमा दिएको समर्थन फिर्ता लिएको छ। जसपाले सरकारमा सहभागी स्वास्थ्य मन्त्री निर्मला लिम्बुलाई फिर्ता बोलाउँदै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
जसपाका नेता रकम चेम्जोङले सरकारलाई समर्थन गनुृपर्ने औचित्य सकिएको निष्कर्षपछि फिर्ता भएको बताए।
प्रदेशको नामकरणको विषयमा आफूहरुले सुरुदेखि नै असहमति राखेको र सरकारलाई वार्ताका लागि पहल गर्न भनेको तर सरकारले सोचे अनुसार काम नगरेकाले फिर्ता भएको उनले बताए।
पुस २४ मा एमाले नेता हिक्मत कार्की नेतृत्वमा गठित प्रदेश सरकारमा जसपा सहभागी भएको थियो। जसपाले समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रसँग पनि जसपाले छलफल सुरू गरेको छ। कोशीमा एमाले ४०, माओवादी १३, राप्रपा ६ र जसपा १ सिट मिलेर सरकार बनाएका थिए। नेपाली कांग्रेस भने प्रतिपक्षमा रहेको छ।
प्रतिक्रिया