काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला मंगलबार पनि हुन सकेन ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीशले पीडितले दायर गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनको टुंगो लागेपछिमात्र फैसला सुनुवाइ हुने बताएको बुझिएको छ ।
सन्दीपविरुद्ध बलात्कारको आरोप लगाएर दायर गरिएको मुद्दाको फैसला सुनुवाइ विभिन्न बहानामा सर्दै आएको छ ।
प्रतिक्रिया