काठमाडौं । महोत्तरीस्थित एनएमबि बैंकको रकम लुटपाट गरिएको छ ।
महोत्तरी गाउँपालिका–२ मा रहेको एनएमबि बैंकको शाखा कार्यालयबाट हतियारधारी समूहले मंगलबार ३५ लाख रुपैयाँ लुटपाट गरेको हो ।
दिउँसो १२ बजेर २५ मिनेटमा हतियार देखाएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीले लुटेराको खोजी गरिरहेको छ ।
प्रतिक्रिया