देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो : सभापति देउवा

देशान्तर

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाटीलाई स्वस्थ आलोचना आवश्यक रहेको बताएका  छन् ।

नेपाल प्रेस युनियको ३२औं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंको थापागाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले स्वस्थ आलोचनाले नै झन काम गर्न उत्साह दिने बताए ।

उनले भने, ’आलोचना गर्नुस् । कांग्रेसलाई आलोचना चाहिन्छ । आलोचना अलि दुषित हुन्छ । स्वच्छ आलोचनाले अझ बढी काम गर्न उत्साह हुन्छ  ।

तर स्वस्थ आलोचना गर्नुस् ।अहिले देशमा र राष्ट्रमा ठूलो चुनौतीहरु छ । प्रजातन्त्रको विरुद्ध पनि धेरै छन् । सबै मिलेर प्रजातन्त्रलाई सुदृढ गरेर लैजानुपर्छ । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो ।’

प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको भन्दै सबै मिलेर प्रजातन्त्रलाई सुदृढ गरेर लैजानु पर्ने उनको भनाइ छ ।