काठमाडौं । नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा केन्द्रीय सदस्य मीन विश्वकर्मा मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले विभाग गठनको प्रारम्भ गर्दै पार्टीको प्रचार विभाग प्रमुखमा विश्वकर्मालाई जिम्मेवारी दिएका हुन् ।
प्रचार विभागको जिम्मेवारी पाएका विश्वकर्मा सभापति देउवाका विश्वासपात्र हुन् । पार्टीबाट पटक–पटक केन्द्रीय सदस्य र मन्त्रीसमेत भइसकेका विश्वकर्मा १४ औँ महाधिवेशनमा सहमहामन्त्रीको आकांक्षी थिए ।
पार्टीको विधानबमोजिम उक्त विभागको प्रमुखमा मनोनयन गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रतिक्रिया