देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीले नीति कार्यक्रममा प्रश्नको जवाफ दिने

देशान्तर

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेदेखि संघीय संसद नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् ।

एक साता अघि सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि त्यस यता निरन्तर जसो सदनमा छलफल हुँदै आएको छ । संसदमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा उठेका प्रश्नको जवाफ दिएपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने आजको सम्भावित कार्यसूची रहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष ०८/०८१ को नीति तथा कार्यक्रमलाई राष्ट्रिय सभाले यसअघि नै पारित गरिसकेको छ ।